सरकार असफल बनाउन देश विदेशका शक्तिहरुको चलखेल भएको छ – प्रधानमन्त्री

  • प्रकाशित मिति: आइतबार, पुष १३ २०७६
  • तामाकोशी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउन देश विदेशबाट संगठित प्रयास भइरहेको बताउनु भएको छ । बालुवाटारमा आयोजित प्रेस संगठनको एक कार्यक्रममा उनले सरकारलाई असफल बनाउन देश विदेशका शक्तिहरु लागेको बताएका हुन् । उनले कार्यक्रममा उनले सरकार असफल बनाउन देश विदेशका शक्तिहरु लागेकोले सरकार स्थायित्वका लागि लागेको स्पष्ट पारेका हुन् । प्रधानमन्त्री ओलीले गोकर्ण रिसोर्ट यति समूहलाई लिजमा दिने निर्णयको बचाउ समेत गरेका छन् । उनले भने –

‘‘गोकर्ण रिसोर्टको लिन अवधि थपियो जसरी कहिल्यै थपिएको थिएन, पहिले हचुवाका भरमा मूल्य राख्ने, हचुवाका भरमा दिने, अहिले विभिन्न स्वतन्त्र संघ संस्थाहरुबाट मुल्याङ्कन गराएर कति तयसका मुल्याङ्कनका विधिहरु तयार गरेर त्यस विधि अन्तर्गत यति हुँदो रहेछ भनेर, अवधि बाँकि रहँदै किन दिइयो भन्ने प्रश्न, अवधि बाँकी रहँदै किन दिनु पर्छ भन्ने, के त्यसलाई नचलाउने भन्न प¥यो कि अरु केही गर्न प¥यो जव कसैले लिज लिएको छ र उसले प्रगती गर्छ भन्छ र आकर्षक ढंगले सरकारलाई कर तिर्छु भन्छ, लिजको रकम राम्रो तिर्छु भन्छ भने उसले नपाउने भन्ने कुरा होइन ।’



कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले असाधारण हिसाबले नयाँ नयाँ योजनाहरु ल्याएकोले विरोधीहरु सकृय रहेको समेत बताएका छन् । उनले भने ‘‘मैले खोलाको बाटोबाट पनि हामी आवागमन गर्न सक्छौं भने उडाए, हामी समुद्रमा जहाज चलाउन सक्छौं भने उडाए, कति दयनिय अवस्था छ विरोधिहरुको, पानीमा पानीजहाज चल्छ भन्ने कुरा पनि थाहा पाएका छैनन, नदिमा स्टिमर चलछ, जहाज चल्छ भन्ने त थाहा पाउनु पर्छनी ।’’क्यानाडा नेपालबाट साभार