रामेछाप । पौष १२ गते,
विनाशकारी भुकम्प गएको ४ बर्ष मा रामेछाप जिल्लामा जम्मा ३५ हजार ७ सय ७६ निजिआवास पुननिर्माण भएका छन् । शनिबार मन्थलीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला सहजिकरण समिति रामेछापले पुनर्निर्माण चार बर्षे प्रगती सार्वजनिक कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई ( भवन ) का ईन्जिनियर किशोर विक्रम शाहिले जिल्लामा हाल सम्म ७६ प्रतिशत निजि आवास निर्माण सम्पन्न भएको जानकारी दिए ।
उनले रामेछाप जिल्लामा ४७ हजार १ सय १२ निजि आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएकोमा ४७ हजार ९५ जनाले पहिलो किस्ता , ४३ हजार ७ सय २७ ले दोस्रो किस्ता र ३९ हजार ७ सय ५१ ले तेस्रो किस्ता लिएको बताए । जिल्लाको निजि आवास पुननिर्माणका लागि १४ अर्व ६८ करोड १७ लाख बजेटमा हालसम्म १२ अर्व ८८ करोड ८९ लाख रुपैयाँ बजेट खर्च उनको भनाई छ ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला सहजिकरण समिति रामेछापका संयोजक प्रेम बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा ईन्जिनियर शाहिले भूकम्पले क्षति भएका ३८९ वटा विद्यालयमा हालसम्म २ सय ४५ वटा निर्माण सम्पन्न भएको बताए । भूकम्पले क्षति भएका २४ वटा विद्यालयमा भने पुनर्निर्माण कुनै काम सुरु हुन नसकेको , ८५ वटा विद्याल निर्माणधिन अवस्थामा रहेको र २६ वटा विद्यालय पुननिर्माणको लागि बोलपत्र मुल्यांकनको चरणमा रहेको उनको भनाई छ । कार्यक्रममा नेकपाका नेता धुव्र सुवेदी , लव श्रेष्ठ , नेपाली कांग्रेसका सचिव लेख बहादुर कार्की , पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल , गैर सरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवन कमार श्रेष्ठ लगाएतले रामेछापमा पुनर्निर्माणको काम प्रभावकारी रुपमा नभएको गुनासो गरेका छन् । केहि कर्मचारी , दलका नेता लगाएतको कमजोरीले गर्दा अत्यावश्यक व्यक्तिले , विद्यालय र एकिकृत वस्तीहरुमा पुनर्निर्माणको काम हुननसक्दा समस्या भएको उनीहरुको भनाई छ ।
चार बर्षमा रामेछापमा ३५ हजार ७ सय निजि घर बन्यो, प्रभावकारी काम नभएको गुनासो
- प्रकाशित मिति: शनिबार, पुष १२ २०७६
- तामाकोशी