काठमाडौंमा भिषण आगलागी,क्षतिको विरण आउन बाँकी

  • प्रकाशित मिति: शुक्रबार, पुष ४ २०७६
  • तामाकोशी

काठमाडौं । काठमाडौं सीतापाइलास्थित एक स्टोरमा आगलागी भएको छ । सितापाइलाबाट रामकोट जाने बाटोमा रहेको लामखुट्टे मार्ने क्वाएलको स्टोरमा आगलागी भएको हो । शुक्रबार अपराह्न ४ बजेदेखि सुरु भएको आगलागी ३ घण्टा पछि आगो लगभग नियन्त्रणमा आएको बताइएको छ । लामखुट्टे मार्ने क्वाएलको स्टोरमा आगलागी भएको प्रहरीले जनाएको छ ।आगो नियन्त्रर्णका लागि ४ वटा दमकल प्रयोग गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीको दमकल र काठमाडौं महानगरपालिका र स्थानियको सहयोगमा आगो निभाइएको हो । आगलागीको कारण खुलेको छैन भने क्षतिको विरण आउन पनि बाँकी रहेको बताइएको छ ।