एभरेस्ट ग्याँसमा भेटियो लेदो ! सावधान नहुदा हुनसक्छ यस्तो ख!तरा

  • प्रकाशित मिति: शुक्रबार, पुष ४ २०७६
  • तामाकोशी

काठमाडौं । एभरेस्टको खाना पकाउने ग्याँसमा लेदो पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार बजार अनुगमनमा क्रममा एभरेस्ट ग्याँसमा लेदो पाइएको जनाएको छ । ग्याँस सिलिन्डरमा लेदो पाइए पनि विभागले कुनै कारबाही गरेको छैन । उपभोक्ता सरक्षण ऐन २०७५ ले अनुगमन परीक्षण अधिकृतिले कुनै कैफियत भेटिए ठाँउको ठाउँ ५ हजारदेखि ३ लाखसम्म जरिमाना गर्ने अधिकार दिएको छ । विभागका प्रवक्ता नोखबहादुर बस्यालले ग्याँस सिलिन्डरमा लेदो भेटिएपछि परीक्षणका लागि एउटा ग्याँस सिलिन्डर ल्याएर आएको बताए ।

लेदोबारे यकिन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षणका लागि पठाएको उनले बताए । प्रवक्ता बस्यालले सिलिन्डर परीक्षण गर्दा कैफियत पाइएमा कानुनबमोजिम कारबाही हुने बताए । लेदो भरिएको वा ग्यास लिक भएको सिलिण्डर प्रयोग गर्दा भान्सामै विस्फोट हुने ख!तरा हुन्छ । विगतमा ग्यास विष्फोटमा परी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । राजधानी दैनिकमा खबर छ ।