सम्झौतापत्र आदान गर्दै राजपा अध्यक्ष राजेन्द्र महतो, नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड‘ ।

  • प्रकाशित मिति: बिहिबार, पुष ३ २०७६
  • तामाकोशी

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेताबीच बालुवाटार भएको बैठक सकिएको छ। बुधबारको बैठक दुई बुँदे सहमति गर्दै सकिएको हो।बैठकले प्रदेश २ मा माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा भागब,न्डा गरेका छन्। जस अनुसार नेकपाले दुई र राजपाले दुई जना पाउने गरि सहमति गरेका छन्। पुरुष समूह, अपांगता भएका व्यक्ति, अल्पसंख्यकबाट राजपाले उम्मेदवारी दिने र उनीहरुलाई नेकपाले सहयोग गर्ने सहमतिपत्रमा उल्लेख छ। त्यस्तै महिला र दलित पुरुषबाट नेकपाका उम्मेदवारलाई राजपाले सहयोग गर्ने सहमति भएको छ । प्रदेश २ मा चार पदका लागि निर्वाचन हुँदैछ।

यस्तै नेकपा र राजपाले राष्ट्रिय राजनीतिको विषयमा पनि नियमित छलफल गर्ने र सहकार्यलाई अघि बढाउने निर्णय गरेको छ। सहमतिपत्रमा नेकपाका तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राजपाको तर्फबाट अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।अन्नपूर्ण पोस्टमा लेखिएको छ ।