इटहरी, २ पुस । न,क्कली पासबुक बनाई सुनसरीका विभिन्न स्थानका मानिसलाई ठ!गी गर्ने दुई जनालाई इलाका प्र,हरी कार्यालय इटहरीले ,प क्राउ गरेको छ ।इटहरी–६ स्थित कान्तिपुर गहना भण्डारका नाममा पासबुक बनाई बढी ब्याज दिने बाहनामा पी,डितसँग रकम उठाइएको उजुरीका आधारमा खुलेको छ । उक्त गहना भण्डार सुवास श्रेष्ठलगायतले सञ्चालनमा ल्याएका हुन् ।प्रहरीले सुवाससहित दोर्ण श्रेष्ठलाई प क्राउ गरेको जानकारी दिएको छ । राष्ट्र बैंकसँग कुनै पनि वित्तिय कारोबार गर्ने अनुमति नलिई रकम उठाइएको पाएपछि बैंकिङ ठ!गीमा प्र,हरीले अनुसन्धान जारी राखेको इप्रका इटहरीका प्रमुख प्र!हरी नायव उपरिक्षक (डिएसपी) धर्मराज भण्डारीले जानकारी दिए ।
प!क्राउ गरिएका दुवै जनाले इटहरी–८ की मधुमाया कटुवालको चार लाख ८६ हजार, मनिका कटुवालको ६ लाख ६० हजार, बराहक्षेत्र नगरपालिका–२ की रन्जिता कटुवालको ७० हजार ठगी गरेको उजुरीमा खुलाइएको छ । यस्तै, इटहरी–५ की तारा आचार्यको एक लाख, कमला श्रेष्ठ प्रधानको २ लाख, मोरङ सुन्दर हरैंचा नगरपालिका–५ का चन्द्र बस्नेताको ५ लाख ३० हजार ठ!गी भएको उ,जुरीमा उल्लेख छ ।दैनिक नेपालबाट साभार