फेरी ब!ढायो नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मुल्य

  • प्रकाशित मिति: मंगलबार, पुष १ २०७६
  • तामाकोशी

काठमाडौं, १ पुष । नेपाल आयल निगमले पेट्रो!लियम पदार्थमा मूल्य समायोजन गरेको छ । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खु!द्रा बिक्री मूल्यमा प्रतिलिटर रु एकले वृद्धि गरी मूल्य समायोजन गरिएको जानकारी दिए ।उनले पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य बढाइएको जानकारी दिनुभयो । निगमले डिजेल र मट्टीतेलको खु!द्रा मूल्य वृद्धि गरे पनि पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य भने यथावत नै राखिएको उनले जानकारी दिए ।

निगमले यसअघि गत मङ्सिर १६ गते पनि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको थियो । उनका अनुसार मूल्य समायोजन गरेपश्चात् नेपालतर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य रु २०।४१ प्रतिलिटरले सस्तो र डिजेलको खुद्रा बिक्री मूल्य रु १७।१६ प्रतिलिटरले नेपालतर्फ सस्तो हुन गएको छ ।