काठमाडौँ । महानगरीय प्र,हरी परिसर काठमाडौँले काठमाडौँ महानगरपालिकाको सहयोगमा उपत्यकाको विभिन्न स्थानबाट सडकमा वेवारिसे जीवनयापन गरिरहेका ६२ जनाको उद्दार गरेको छ ।आइतबार राति परिसर र महानगरपालिकाले स्वयम्भू, कालीमाटी पशुपतिजस्ता क्षेत्रबाट ४५ जना पुरुष, १३ जना महिला र ५ जना बालबालिकाको उ,द्धार गरेको हो ।महानगरीय प्र,हरी परिसरका प्र,वक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार उ,द्धार गरिएका सबैलाई बालाजुस्थित महानगरको अस्थायी भवनमा राखिएको छ ।उद्दार गरिएकामध्ये एकजना सुत्केरी महिला र उनीसँगै नवजात शिशु पनि रहेको डीएसपी बोगटीले जानकारी दिएका छन् । उनले भने, ‘दुई महिला गर्भ,वती समेत छन् ।’प्र,हरीका अनुसार उद्दार गरिएका सम्पूर्ण मानिसहरुमाथि अनु,सन्धान भइरहेको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २५ औं बार्षिकोत्सवको अवसरमा बसन्तपुरमा आयोजित कार्यक्रममा काठमाडौंलाई सडक मानव मुक्त बनाउने घो,षणा गरेका थिए । कार्यक्रमको घोषणा गर्दै यो अभियान ३ महिनासम्म सञ्चालन हुने मेयरको भनाइ थियो ।यस अभियानलाई सफल बनाउन महानगरले मेयर शाक्यकै संयोजकत्वमा मूल समिति बनाएको छ भने सहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठको संयोजकत्वमा कार्यान्वयन उपसमिति बनाइएको छ ।अभियानले काठमाडौं जिल्लालाई मानवीयताको शहरको रूपमा समेत विकास गरिने हुँदा कसैले सडकमा जीवन व्यथित गर्न नपरोस र बाटोमा माग्ने र मगाउन लगाउनेलाई समेत आवश्यक कारबाही गरिने भएको छ ।
बे,वारि,से, म,नोरोगी तथा अस,हायको उ,द्दार गरेर चिसोमा जो कोहीले पनि कष्टकर जीवन बिताउन नपरोस् र मानव सेवा नै जीवनको सर्वोकृष्ट कार्य भएकाले सडकमा बसेर माग्ने, खुल्ला सडकमा सुत्ने कार्य सधैँको लागि बन्द गर्ने अभियानमा सरिक भएको परिसरका प्रमुख उत्तम सुवेदी बताउँछन् । उनले सडकबाट उठाइएका मानिसलाई पालनपोषण, औषधोपचारपश्चात घर पहिचान भएकालाई परिवारमा पुनःमिलन गराउने लगायतका कार्यमा प्रहरी लागिरहेको समेत जानकारी दिए ।यो समाचार रातोपाटीमा लेखिएको छ ।