रामेछाप । मंसिर ३० गते,
नेपाल मगर संघ रामेछापले सर्वसम्बत रुपमा चयन भएको नयाँ नेतृत्वका बारेमा केहि सञ्चार माध्ययममा आएको समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षन भएको जनाएको छ । संघका नवनिर्बार्चित अध्यक्ष शिवसागर मगरले सोमबार मन्थलीमा पत्रकार सम्मेलननै गरेर विधान सम्वत ढंगले चयन भएको आफ्नो नेतृत्वको नयाँ कार्यसमिति प्रति केहि सञ्चार माध्ययममा नकरात्मक कोणबाट एकपक्षिय रुपमा समाचार प्र्रकाशन र प्रसारण भएको भन्दै यसप्रति नेपाल मगर संघको गम्भीर ध्यानाकर्षन भएको जनाएका हुन् । 
पत्रकार सम्मेलनमा अध्यक्ष मगरले नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष गंगा खासु मगर र केन्द्रीय महासचिव ज्ञानेन्द्र पुन मगरको समेत सहभागितामा मगर संघको विधान अनुसार चयन भएको नेतृत्वलाई अवैधानिक भनेर आएको समाचले आफु लगाएत आफ्नो टिमलाई दुखी बनाएको जनाउँदै उक्त समाचारको भत्र्सना समेत गरे । गत मंसिर २८ गते अध्यक्ष मगरको नेतृत्वमा सर्वसम्वत चयन भएको नयाँ कार्यसमिति अबैधानिक भएको भनि केहि सञ्चारमाध्ययममा समाचार प्रकाशन तथा प्रसारण भएको थियो ।
नेपाल मगर संघमा आवद्ध नभएको ब्यक्तिले नेत्रित्व पाएको भन्दै निवर्तमान सचिव कलपना आलेमगर सहितको टिमले विरोध जनाएको समाचार केहि सञ्चार माध्ययमले प्रकासन तथा प्रसारण गरेका थिए । आफु नेतृत्वको नयाँ कार्यसमिति समाचारमा भनिए जस्तो अवैधानिक नभएको अध्यक्ष मगरको भनाई छ ।
नयाँ नेतृत्वका बारेमा आएको समाचारको नेपाल मगर संघ रामेछापद्धारा भत्र्सना
- प्रकाशित मिति: सोमबार, मंसिर ३० २०७६
- तामाकोशी