रामेछाप । मंसिर २९ गते,
सिन्धुपाल्चोकमा भएको बस दुर्घटना परी रामेछाप जिल्लाको एक जनाको ज्यान गएको छ । दोलखाको कालिन्चोकबाट भक्तपुरको लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस लामोसाँघु जिरी सडकखण्डको ६ किलोबाट पल्टिदा रामेछाप उमाकुण्ड गाउँपालिका ५ का महेश तामाङको ज्यान गएको हो ।
घुम्ती नै घुम्ती रहेको सडकमा बस पल्टिदा १५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेमा सिन्धुपाल्चोक जुुगल गाउँपालिका ६ का सुकबहादुुर तामाङ्ग, जुुगल ६ का ७ वर्षकी सविना तामाङ्ग, जुगल ७ का रेशमा तामाङ्ग र १५ महिनाकी बालिका रोशनी तामाङ्ग, दोलखा भिमेश्वर नगरपालिकाका अन्दाजी ३७ वर्षकी जुनुुमाया तामाङ, भिमेश्वर नगरपालिका ९ का २८ वर्षकी मञ्जु तामाङ र ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका ७ की ३५ वर्षीया कुलमाया तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखा गाउँपालिका ४ की ५५ वर्षीया गंगामाया लामा, काभ्रेको बेथानचोक गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री र भक्तपुर सूर्य्विनायक नगरपालिका(८ का ३२ वर्षीय चिनु बस्नेतको परिचय खुलेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।
सिन्धुपाल्चोक बस दुर्घटना परी रामेछापका महेश तामाङको ज्यान गयो
- प्रकाशित मिति: आइतबार, मंसिर २९ २०७६
- तामाकोशी