सिन्धुपाल्चोक बस दुर्घटना : १२ जनाको मृत्यु

  • प्रकाशित मिति: आइतबार, मंसिर २९ २०७६
  • तामाकोशी

काठमाडौं : सिन्धुपाल्चोकको खाडीचौर–जिरी सडकखण्डअन्तर्गत सुनकोशी गाउँपालिका–७ को छ किलो भन्ने स्थानमा बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा.४ख ४४६८ नम्बरको बस सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा १८ यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उद्दार गरेर खाडीचौरस्थित सिन्धुसदाबहार अस्पताल र काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ ।



बस विहान आठ बजेतिर दुर्घटना भएको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ । बसमा करिब चालिस यात्रु रहेको बताइएको छ । दुर्घटना भएको रिजर्भ बसमा दोलखाको कालिञ्चोक तिर्थयात्रा गरेर फर्केका यात्रुहरु रहेको बताइएको छ ।