दोलखाका स्थानीय सरकारको कामको आवधिक समिक्षा हुने

  • प्रकाशित मिति: शुक्रबार, मंसिर २७ २०७६
  • तामाकोशी

रामेछाप । मंसिर २७ गते,
दोलखा जिल्लाका ९ वटै स्थानीय सरकारले गरेको काममको आवधिक समिक्षा हुने भएको छ । पाँच वर्षको लागि निर्वा्चित भएका जनप्रतिनिधिहरुको आधा कार्यकाल वितेकोले आप्mनो कार्यकालको आधा समयमा गरेको कामको बारेमा समिक्षा गरि अघि बढ्नको लागि सहज होस् भनि आवधिक समिक्षा आवश्यक रहेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबलबहादुर पाण्डेले जानकारी दिए ।
हुराडेक नेपालसंगको साझेदारीमा जिल्ला समन्व्य समिति दोलखाले अयोजना गरेको स्थानीय सरकारको नीति निर्माण र कार्यान्वयनको अवस्था विषय बिचार गोष्ठिमा बोल्दै नगर तथा गाउँपालिका प्रमुखहरुले हतार हतारमा कानुनहरु बनाएको त्यसमा सुधार गर्न आवश्यक रहेको बताए । उनीहरुले अझै पनि कतिपय अत्यावश्यक कानुनहरु बनाउनै बाँकि रहेको बताए । नागरिकहरुको धेरै अपेक्षा भए पनि सो अनुसार काम हुन नसकेको उनीहरुको भनाई थियो ।
पालिकामा केन्द्र सरकारले पर्याप्त जनशक्ति नपठाइदिँदा कामा गर्न निक्कै असिजलो भएको गाउँपालिका अध्यक्षहरुको गुनासो थियो । कृषि र स्वास्थ्यका कर्मचारीहलाई समेत वडा सचिवको काम लगाएर कार्यम्पादन गर्नु पर्ने अवस्था आएको उनीहरुले गुनासो गरे । कर्मचारी व्यवस्थापनको लागि जिल्ला समन्वय समितिले समेत पहल गर्नु पर्नेमा उनीहरुको जोड थियो ।
कार्यक्रममा बोल्दै रानीतिक दलका प्रमुखहरुले अहिले कसैले कसैलाई दोष लगाउने भन्दा पनि सहकार्यबाटै समस्याहरु समाधान गर्दै जानु पर्नेमा जोड दिएका थिए ।