सिन्धुपाल्चोकलाइ केद्र्बिन्दु बनाएर गयो भूकम्प, मच्चियो ह,ल्लाख,ल्ला

  • प्रकाशित मिति: बिहिबार, मंसिर २६ २०७६
  • तामाकोशी

काठमाडौं। अहिले केही सयम पहिला काठमाडौंमा भूकम्पको ध,क्का महशुस गरिएको छ । भूकम्प मापन केन्द्रले ७ बजेर ११ मिनेटमा भूकम्पको ध क्का महशुस भएको जनाएको छ । सिन्धुपाल्चोको सर्माथाङमा केन्द्र विन्दु बनाएर ४।८ रेक्टर स्केलको भूकम्पको ध क्का गएको हो। भूकम्पको ध क्का काठमाडौं आसपासका क्षेत्रमा महशुस गरिएको छ। भूकम्पको ध क्कापछि सर्वसाधारण आत्तिएका थिए । केही सर्वसाधारण घर बाहिर निस्केका थिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको जनाएको छ । यसअघि यही मंसिर ११ गतेसिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।