संखुवासभाको मादी नगरपालिकाको वडा कार्यालयमा आगजनी

  • प्रकाशित मिति: बिहिबार, मंसिर २६ २०७६
  • तामाकोशी

संखुवासभा : संखुवासभाको मादी नगरपालिका वडा कार्यालयमा आगजनी गरेका छन् । अज्ञात समूहले मादी नगरपालिका ५ को कार्यालयमा आगजनी गरेको हो । आगजनीबाट कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रीन्टर, मोबाइल फोन लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन । आगजनी चन्द नेकपाको समूहले गरेको हुनसक्ने अनुमान गरिएको छ ।

अज्ञात समूहले मादी ओखरबोटे सडक खण्डको काम गर्दे गरेको एक्साभेटरमा समेत आगजनी गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।