यति धेरै पदमा लोकसेवा खुलाउँदै विज्ञापन , हजारभन्दा बढी शाखा अधिकृत

  • प्रकाशित मिति: बुधबार, मंसिर २५ २०७६
  • तामाकोशी

काठमाडौं, मंसिर २५ । तपाईको सरकारी जागीर खाने इच्छा छ र आयोगको तयारी गरिरहनुभएको छ भने तपाईका लागी खुशीको खबर छ । लोकसेवाले राजपत्रांकित तृतीय श्रेणी ९अप्राविधिक० पदका विभिन्न सेवा समूह तथा उपसमूह अन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ गरी १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदका विभिन्न सेवा समूह तथा उपसमूह अन्तर्गतका पदमा खुलातर्फ ७६८ को माग गरेको छ । त्यस्तै बढुवातर्फ ३२८ गरी १ हजार ९६ शाखा अधिकृत माग गर्दै विज्ञापन गरेको छ ।

आयोगले बुधबार विज्ञापन निकाल्दै सामान्य प्रशासन सेवातर्फ ५६० पदका लागि विज्ञापन आह्वान गरेको हो । १ हजार ९६ शाखा अधिकृत मध्ये सर्वाधिक सामान्य प्रशासन सेवातर्फ माग गरिएको छ भने अन्य पदमा लेखातर्फ ३०, राजस्व सेवातर्फ ६९, लेखा परीक्षणतर्फ ४२, परराष्ट्र सेवामा ४, न्याय सेवातर्फ ३६३ र व्यवस्थापिका संसद्तर्फ २८ पदमा विज्ञापन खुला गरिएको छ ।