कञ्चनपुरमा एक युवकको ह!त्या

  • प्रकाशित मिति: बिहिबार, मंसिर १२ २०७६
  • तामाकोशी

कञ्चनपुरमा बिहीबार एक युवकको हत्या भएको छ ।कञ्चनपुरको महाकाली नगरपालिका-३ दोधारा चाँदनीका २२ वर्षीय दीपक पन्तको हत्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ गोबरैयामा उनको सामूहिक रुपमा कुटपिट गरी हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता नरेन्द्र बहादुर चन्दले कुटपिटबाट हत्या भएको हुनसक्ने बताए । प्रवक्ता चन्दले भने ‘भीमदत्त नगरपालिकाको गोबरैयामा झगडा भएको बुझिएको छ । सोही क्रममा हत्या भएको प्रारम्भिक अनुमान छ ।’



घाइते दीपकको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि भारत लगिएको थियो । अस्पताल लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा शंस्कापद दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।