अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घ,टनामा १८ जनाको नि,धन भएको छ । दुर्घ,टनामा १३ जना घाइ,ते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजीकैको घुम्तीमा दुर्घ,टना भएको हो ।दुर्घ,टनामा १७ जनाको घट,नास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा निध,न भएको सहायक प्रजिअ विष्णुराज बेल्वासेले जानकारी दिनुभयो । नि,धन हुनेमा ११ पुरुष र सात महिला रहेको सहायक प्रजिअ बेल्वासेले बताउनुभयो ।
दु,र्घटनामा १३ जना घा,इते भएका छन् । घा,इतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटबल र दुई जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले बताउनुभयो ।