रामेछाप । मंसिर १० गते,
रामेछाप सदरमुकाम मन्थलीमा मंगलबार बालबालिकाको वातावरणीय अधिकार तथा वातावरण संरक्षणको महत्व झल्काउँने चित्रकला प्रदर्शनी गरिएको छ । जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा विभिन्न विद्यालयमा अध्ययनरत छात्रछात्राहरुले तयार पारेको वातावरणीय अधिकार तथा वातावरण संरक्षणको मत्व झल्काउँने चित्रहरु राखिएको थियो ।
श्रृजनशिल युवा समाज चिसापानी , सामुदायिक विकास समाज मन्थली र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारको साझेदारीमा संचालित वातावरण संरक्षण परियोजनाले ३० औं अन्तराष्ट्रिय बाल अधिकार दिवस २०१९ को अवसर पारेर कार्यक्रमको आयोजना गरेको हो ।
चित्रकला प्रदर्शनीमा लिटिल स्टार इंगिलिस बोर्डिङ स्कुलकी छात्रा रीना शाह पहिलो, मन्थली माध्यामिक विद्यालयका छात्र विवश श्रेष्ठ दोस्रो र लिटिल स्टार इंगिलिस बोर्डिङ स्कुलकै छात्रा सन्जिता तामाङ तेस्रो भएका छन् । त्यस्तै मन्थली माविका छात्रा प्रेमिका श्रेष्ठ, कर्लकलादेवी बोर्डिङ स्कुलका छात्र नविन बस्नेत र बेतेनी आधारभूत विद्यालयका छात्र अनिल शाही सान्तोना भएका छन् ।
पहलिो, दोस्रो, तेस्रो र सान्तोना हुने विद्यार्थीलाई क्रमश पाँच हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाका दरले नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो । श्रृजनशिल युवा समाजका अध्यक्ष भुवन श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति
रामेछापका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत, उपप्रमुख माया कुमारी कार्की, टि.डि.एच जर्मनी नेपालका देशिय संयोजक श्याम कृष्ण श्रेष्ठ, सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलन कुमार घिसिङ, नेकपाकी नेता शान्ता सापकोटा, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेलले बालबालिकाको वातावरणीय अधिकार र वातावरण संरक्षणमा उनीहरुको भुमिकाका बारेमा बोलेका थिए । कार्यक्रममा जिल्लाको विभिन्न स्थानमा संचालित विद्यालयहरुको छात्र छात्रा र शिक्षकहरुको पनि सहभागिता रहेको थियो ।
मन्थलीमा वातावरणीय अधिकार र वातावरण संरक्षणको महत्व झल्कने चित्रकला प्रदर्शन
- प्रकाशित मिति: मंगलबार, मंसिर १० २०७६
- तामाकोशी