संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य नेपाल बहुआयामिक गुणले भरिपुर्ण रहेको छ । प्रकृतिको सन्दर बनोटले सजिएको छ । भौगोलिक विविधता यसको अनुपम सम्पदा हो । विश्वको उच्चत्तम हिमशिखर सगरमाथा नेपालको पहिचान र शान हो । पुर्व पश्चिम फैलिएको नेपाल खुँडा आकारमा रहेको छ ।
पृथ्वीको उत्तरी गोलाद्र्धमा अबस्थित तथा भुपरिबेष्ठित मुलुक हो नेपाल । यसको बर्तमान भौगोलिक सिमाना सुगौली सन्धि सन १८१६ मार्च ३ बाट कायम हुन आएको हो ।
-नेपालको दक्षिण एसिया महादेशमा पर्दछ ।
-विश्वको ०.०३ प्रतिशत र एसिया महादेशको ०.३ प्रतिशत भूगोल समेट्दछ । दक्षिण एसियाको ३ प्रतिशत भूभाग ओगटेको छ ।
-पुर्व मेची, पश्चिम महाकाली, उत्तरमा तिब्बत र दक्षिणमा भारत सिमाना रहेको छ ।
-सर्बोच्च सगरमाथा ८८४८ मिटर र धनुषा मुसहरनिया ५९ मिटर जस्ता उचाइगत विविधता रहेको छ ।
-नेपालको कुल क्षेत्रफल १४७१८१ वर्गकिलोमिटर अर्थात ५६८२७ वर्ग माइल रहेको छ ।
-यसको लम्बाई ८८५ किलोमिटर र उचाई सरदर १९३ किलोमिटर रहेको छ ।
-नेपालको निकटतम छिमेकी भारत नेपाल भन्दा करिब २२ गुणा र चिन ६५ गुणा ठुलो छ ।
-नेपालको भौगोलिक अबस्थालाई हिमाल, पहाड र तराई गरी ३ प्रदेशमा विभाजन गरएको छ ।
-नेपाल ८० डिग्री ४ मिनेट पुर्वी देशान्तर देखि ८८ डिग्री १२ मिनेट पुर्वी देशान्तर सम्म र २६ डिग्री २२ मिनेट उत्तरी अक्षांश देखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश सम्म फैलिएको छ ।
-नेपाल ० डिग्री भन्दा कम तथा ४५ डिग्री भन्दा माथी जाने तामक्रम युक्त विषम हावापानी भएको भौगोलिक विशेषतायुक्त मुलुकको रुपमा चिनिन्छ ।
हिमाली प्रदेशको विशेषता
-समुन्द्र सतहबाट ३००० मिटर देखि ८८४८ मिटरसम्मको उच्च भागमा फैलिएको क्षेत्र
-नेपालको कुल क्षेत्रफलको २०.९४ प्रतिशत भुभाग ओगटेको
-७७ जिल्लाहरु मध्ये २१ वटा जिल्लाहरु पर्ने
-विश्वका अग्ला १५ शिखरमध्ये सगरमाथा सहित ८ वटा शिखर पर्ने
-पर्यटकिय दृष्टिले महत्वपुर्ण
-हिमनदीहरुको मुहान
-शेर्पा जातिको बाहुल्यता
-खेतिको लागि उर्वर भुमिको अभाव
-स्थानिय तह संख्या १६३ वटा
पहाडी प्रदेशको विशेषता
-समुन्द्र सतहबाट ६०० मिटर देखि ३००० मिटरसम्म फैलिएको भुभाग
-कुल क्षेत्रफल ६२.०६ प्रतिशत भुभाग
-७७ जिल्लाहरु मध्ये ३५वटा जिल्लाहरु पर्ने
-चुरे पहाड, महाभारत र विभिन्न उपत्यकाहरु रहेको
-गर्मीमा बढी गर्मी र जाडोमा बढी जाडो नहुने
-बसोबास र खेतिपातिको लागि योग्य
-खेति ब्यवसायमा विविधता
-विभिन्न जातजातिहरुको बाहुल्यता
-स्थानिय तह संख्या ३१४ वटा
तराई प्रदेशको विशेषता
-समुन्द्र सतहबाट ५९ मिटरदेखि ६०० मिटरसम्म फैलिएको
-कुल क्षेत्रफलको १७ प्रतिशत भुभाग
-७७ जिल्लाहरु मध्ये २१ वटा जिल्लाहरु पर्ने
-नेपालको अन्नभण्डार
-समथर भुभाग
-जातिगत विविधता
-पेशागत विविधता
-स्थानिय तह संख्या २७६ वटा
@लोकसेवा तयारी