रामेछाप । मंसिर ९ गते,
समानताको पुस्ता, वलात्कार विरुद्धको एक्यवद्धता भन्ने मुल नाराका साथ लैङ्गिक हिँसा विरुद्धाको १६ दिने अभियान सोमबारबाट रामेछापमा सुरु भएको छ । दिवस मुल आयोजक समितिले सदरमुकाम मन्थलीको विपिचोकबाट सचेतना र्याली आयोजना गरि अभियान सुरु गरेको हो । जिल्ला स्थित सरकारी निकाय तथा जिल्लामा क्रियाशिल महिला अधिकार र मानवअधिकारको क्षेत्रमा काम गर्ने सम्पुर्ण संस्थाका प्रमुख एवं प्रतिनिधि सहभागि रहेको मुल सममारोह समतिको आयोजनामा विपिचोक
बाट निस्किएको र्याली मन्थली बजार परिक्रमा गरि देवकोटा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । र्या्लिमा लैङ्गिक हिँसा विरुद्धाका विभिन्न नरा लेखेका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो । कोणसभालाई सम्बोधन गर्दै मुल आयोजक समितिकी संयोजक एवं मन्थली नगरपालिका उपप्रमुख मायाँ कार्कीले जिल्लामा १६ दिन भरिनै विभिन्न कार्यक्रम आयोजना गरि दिवस मनाइने बताइन् । १६ दिनसम्म चल्ने सो अभियान १० डिसेम्बर अर्थात् मानवअधिकार दिवसको दिन रामेछापको मानवअधिकारको समग्र अवस्थाको विश्लेषण गरि समापन गर्ने कार्यक्रम रहेको उनले बताइन् ।
