खाँडादेवी गाउँपालिकामा नवनियुक्त शिक्षकहरुको पदस्थापना

  • प्रकाशित मिति: आइतबार, मंसिर ८ २०७६
  • तामाकोशी

रामेछाप । मंसिर ८ गते,
रामेछापको खाँडादेवी गाउँपालिकाका नवनियुक्त शिक्षकहरुको पदस्थापना गरिएको छ । नाम निकालेका नवनियुक्त ३४ जना शिक्षकहरुले आइतबारबाट कामको जिम्मा लिएका छन् ।
नवनियुक्त शिक्षकहरुलाई गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा स्वागत गरिएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रेम तामाङ गाउँपालिकाको सबैभन्दा बढी रकम शिक्षा क्षेत्रमा खर्च भएकोले सोही अनुसारको प्रतिफल निकाल्न शिक्षकहरुलाई आग्रह गरे । उनले अब परम्परागत तरिकालाई शिक्षामा सुधार नहुने बताए ।
गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठले आफ्नो जिम्मेवारी पुरा गर्न शिक्षकहरुलाई आग्रह गरिन् । सबैले आफ्नो कर्तव्य पुरा गरे मात्र खाँडादेवी गाउँपालिकाले लिएको सभ्य सुन्द र समृद्ध खाँडादेवीको नारा पुरा हुने उनले बताइन् । गाउँपालिको सामाजिक विकास समतिका संयोजक एवं वडा नं ६ का वडाअध्यक्ष पुष्कर कार्कीले खाँडादेवीले शिक्षाको विकासको लागि फरक योजना बनाएर अघि बढेकोले नयाँ नियुक्त शिक्षकहरुलाई पनि सोही अनुसार अघि बढ्न आग्रह गरे ।