पूर्वराजा ज्ञानेन्द्रलाई जोगाउन गाह्रो तछाड मछाड

  • प्रकाशित मिति: मंगलबार, मंसिर ३ २०७६
  • तामाकोशी

पूर्व राजपरिवारका सदस्यहरु विभिन्न कामका कारण चर्चामा आउने गरेका छन् । एक साताअघि सम्म पूर्व राजपरिवारका सदस्य पूर्व युवराज पारस शाह चर्चामा थिए । उनी एक युवतीसँग घुमघाम र सम्बन्धका कारण एकाएक चर्चामा आएका थिए । उनको करिब एक महिनादेखि चर्चा चलिरहेको समयमा आइतवार(हिजोदेखि) पूर्व राजा ज्ञानेन्द्रको ‘नाइट क्लब’ मा विन्दास ‘डान्स’ चर्चामा छ । उनीसँगै पारस पत्नी एवं पूर्व युवराज्ञी हिमानी शाहको नाँच पनि चर्चामा रहेको छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा पूर्व राजपरिवारका सदस्यहरु लर्ड अफ ड्रिङ्स (एलओडी) मा विन्दास तालमा नाचेको भिडियो एकाएक भाइरल बन्न पुगेको थियो ।एलओडीले सार्वजनिक गरेको भिडियोमा पूर्व राजा ज्ञानेन्द्र शाह परिवारका सदस्यहरु लिएर डान्सबार पुगेका हुन् । उनको साथमा छोरी, नातिनी र बुहारी हिमानीसमेत देखिएका छन् ।ज्ञानेन्द्र शाहले डान्सबारमा विन्दास डान्स गर्दा डान्सबारमा उपस्थित भएका सर्वसाधारण समेत झुमेका छन् । पूर्व राजाले कोट खोलेर नाँचेका छन् । हात हल्लाएका छन् र आफ्ना समर्थकलाई अभिभादन गरेका छन् । फ्लरमा उत्रिएर सर्वसाधारणसँग अंगालो मारेका छन् भने सेल्फीसमेत खिचेका छन् ।



ज्ञानेन्द्रसँगै हिमानीको डान्स !

डान्सबारमा ज्ञानेन्द्र शाह मात्र विन्दास मुडमा नाचेका छैनन् । युवराज्ञी एवं पारस पत्नी हिमानी शाह पनि विन्दास मुडमा नाचेकी छिन् ।‘रातो र चन्द्र सूर्य’ बोलको गीतमा उनी विन्दास डान्स गरिरहेकी छिन् । हिमानी शाह ‘रातो र चन्द्र सूर्य’ बोलको गीत चर्कोसँग गाउँदै नाचेकी छिन् । पूर्व राजा ज्ञानेन्द्र शाह फ्लोरमा रहेका समर्थकलाई ‘फ्लाइङ किस’ दिइरहँदा पूर्व युवराज्ञी हिमानी उन्मुक्त रुपमा नाचेकी छिन् । दुवै हात फैलाउँदै उनी रातो र सूर्यको गीतको जोसमा नाचेकी छिन् । पूर्व युवराज पारस शाहकी पत्नी हिमानीमाथि धेरै नेपालीले सहानुभूति राख्ने गरेका छन् । सार्वजनिक कार्यक्रम र स्थलमा सुन्दर, सुशील र लजालु स्भावकी देखिने हिमानीमाथि पारसले वेवास्ता गरेको भन्ने नेपालीको संख्या उल्लेख्य नै छ ।
‘हिमानी ट्रस्ट’ मार्फत समाज सेवामा सक्रिय रहेने गरेकी हिमानी पति पारस शाहसँग सँगै रहेको तस्वीर पछिल्लो दिन आउन सकेको छैन उनीहरुबीचको सम्बन्ध डिभोर्सको अवस्था पुगेको राजपरिवार निकट श्रोतको दाबी छ ।पारससँग लामो समयदेखि निकट सम्बन्धमा नरहेकी हिमानी नाचलाई धेरैले प्रशंसा गरेका छन् । पारसले दिएको तनाव विसर्जनका लागि वा तना वबाट मुक्ति पाउनका लागि हिमानीको यो प्रयास राम्रो भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको प्रतिक्रिया रहेको छ ।