पुनर्गठन प्रधानमन्त्री सचिवालय ! प्रेस सल्लाहकारमा सूर्य थापा र आर्थिक सल्लाहकारमा लालशंकर घिमिरे नियुक्त

  • प्रकाशित मिति: शनिबार, कार्तिक ३० २०७६
  • तामाकोशी

प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य थापालाई प्रेस सल्लाहकारमा नियुक्त गरेका छन्। मन्त्रिपरिषद्को बैठकबाट थापालाई प्रेस सल्लाहकारमा नियुक्त गरिएको एक मन्त्रीले बताए। थापा नेकपाका केन्द्रीय सदस्य समेत हुन्। थापा यसअघि तत्कालिन प्रधानमन्त्री झलनाथ खनालका पनि प्रेस सल्लाहकार रहि सकेका व्यक्ति हुन्। प्रधानमन्त्रीको प्रेस सल्लाहकारबाट कुन्दन अर्यालले दिएको राजीनामा स्वीकृत भएसँगै थापालाई नियुक्त गरिएको हो।

त्यस्तै पूर्व राजश्व सचिव लालशंकर घिमिरेलाई ओलीले आर्थिक सल्लाहकार नियुक्त गरेका छन्। प्रधानमन्त्री ओलीले इन्जिनियर गजेन्द्र थपलियालाई विकास विज्ञ नियुक्त गरेका छन्।सेतोपाटीबाट साभार