स्थानीय सरकारको सुशासनमा नागरिक समाजको भुमिका बारे छलफल

  • प्रकाशित मिति: बिहिबार, कार्तिक २८ २०७६
  • तामाकोशी

रामेछाप । कार्तिक २८ गते,
रामेछापको सदरमुकाम मन्थलीमा बुधबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजना रामेछापले स्थानीय सरकारको सुशासनमा नागरिक समाजको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित नेपाल वार यसोसियसनका प्रतिनिधि , नेपाल पत्रकार महासंघ रामेछापका प्रतिनिधि , गैरसरकारी संस्था महासंघका प्रतिनिधि र संचारकर्मीहरुको सहभागिता रहेको थियो । अन्तरक्रियामा सहभागिहरुले सुशासन स्थापना गर्न नागरिक समाजले पहल कदमी लिनुपर्नेमा जोड दिएका थिए ।
राज्यसक्ताको नेतृत्व गर्ने व्यक्तिहरुले सुशासन दिन नसक्दा नागरिकमा बितृष्ना पैदा हुने र विकासको आयोजनाहरु अलपत्र पर्ने भन्दै स्थानीय तहमा सुशासनको पक्षमा खवरदारी गर्नुपर्नेमा जोड दिएका छन् । गाउँमा संचालित विकास आयोजनाहरुमा के काम हुदै छ ? कति बजेट आयो ?कति समयभित्र काम सम्पन्न गर्ने हो ? जस्ता बिषयमा नागरिकहरुलाई प्रश्न उठाउँन सक्ने बनाउँनु नागरिक समाजको दायित्व भएको नागरिक समाजका प्रतिनिधिहरुको भनाई छ । त्यसका लागि जिल्लाका संचारमाध्ययमले निरन्तर खबरदारी गर्नुपर्नेमा उनीहरुको जोड छ ।
मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाइको अध्यक्षतामा भएको कार्यक्रममा हुराडेक नेपाल दोलखाका कार्यक्रम संयोजक शेर बहादुर भुजेल , मित्रसमाजका प्रतिनिधि गोविन्द बस्नेत , जिल्ला बारका अध्यक्ष विचार सिंह दोङ ,नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री , गैर सरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष रत्नप्रसाद कडेंल लगाएतले आफ्नो बिचार राखेका थिए । कार्यक्रमको सहजिकरण हुराडेक नेपाल दोलखाद्धारा संचालित पारस्परिक जवाफदेहिता परियोजना रामेछापका संयोजक नवराज पथिकले गरेका थिए ।