घट्यो अहिलेसम्मकै यति धेरै सुनको भाउ,तोलामा कति ?

  • प्रकाशित मिति: सोमबार, कार्तिक २५ २०७६
  • तामाकोशी

शुक्रबार ७ सय रुपैयाले ओरालो लागेको सुनको भाउ साताको पहिलो दिन आइतबार एकैपटक ११ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा ७१ हजार रुपैयाले कारोवार भएको थियो। चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८४० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ८७०, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ६१५ र प्रति १० ग्राम चाँदीको मूल्य ७२० रुपैयाँ कायम गरेको छ ।