विश्वको भूगोल सम्बन्धि जानकारीहरुः

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक २२ २०७६
  • तामाकोशी

भूगोल भन्ने शब्द अङ्ग्रेजी भाषाको Geography र ग्रिक भाषाको Geographien भन्ने शब्दबाट आएको हो । जसको अर्थ पृथ्वीको बर्णन गर्नु Description of earth भन्ने हुन्छ ।
भूगोलका पिता भन्नाले इरेटस्थनिज हुन भने आधुनिक भूगोलका पिता कार्ल रिटर हुन् ।
भूगोलको नयाँ खोज १८ औ शताव्दीमा भएको हो ।
मानब भूगोलका पिता जर्मनका Frid rich ratzel हुन भने उनले १९ औं शताब्दीमा मानब भूगोल पत्ता लगाएका हुन् ।
महादेशिय स्थानान्तरण
पृथ्वीमा रहेका द्धिप महाद्धिप सधै एकै स्थानमा अचल नरही समयको अन्तरालमा अस्थिर भई विविध भौतिक कारणद्धारा चल्ने तथा सर्ने समष्टिगत प्रकृयालाई महादेशिय स्थानान्तरण भनिन्छ ।
महादेशिय स्थानान्तरण सम्बन्धि विश्वमा प्रचलनमा रहेका २ वटा सिद्धान्त छन् जुन यस प्रकार रहेका छन्ः
महादिपिय प्रवाह सिद्धान्त Continental Drift Theory
महादिपिय प्रवाह सिद्धान्त जर्मनका एक प्रसिद्ध जलवायुवेत्ता तथा भूगर्ववेत्ता अल्फेड बेगनर सन १९१२ ले पत्ता लगाएका हुन् ।
रिकापिय विवर्तनिक सिद्धान्त Plate Tectonic Theory
महादेश र महासागरको निर्माण तथा पृथ्वीको वर्तमान अबस्थितको बारेमा विश्लेषण गर्ने सिद्धान्त हो । यसलाई सन १९६० मा हेरी हेस भन्ने विद्धानले पत्ता लगाएका हुन् ।
महादेशहरुः
पृथ्वीको सतहमा पानी बाहेक जमिनले ढाकेको भागलाई महादेश भनिन्छ । पृथ्वीको कुल क्षेत्रफल ५१ करोड वर्गकिलोमिटर मध्ये ३६ करोड ९० लाख बर्गकिलोमिटर (७०.८%) मा पानी र १४ करोड १० लाख (२९.२%) जमिन रहेको छ ।
विश्वमा ७ वटा महादेश रहेका छन् जसमा ६ वटा महादेशमा मात्र मानब बसोबास रहेका छन् ।
महादेश           भूभाग          जनसंख्या       पुर्व पश्चिम        उत्तर दक्षिण
एशिया          २९.९२%         ६०%              ९६०० कि.मि.       ८६०० कि.मि.
अफ्रिका         २०.२%          १४.६ %           ७४४० कि.मि.      ८००० कि.मि.
उ.अमेरिका     १६.५ %        ७.८%              ४८०० कि.मि.       ७२०० कि.मि.
द.अमेरिका     १२ %           ५.७%             ५२२१ कि.मि.      ७४४२ कि.मि.
अन्टार्कटिका   ९%                –                       –                       –
यूरोप              ७%           १०.७ %            ६४०० कि.मि.       ४८०० कि.मि.
अष्टेलिया       ५.३%         ०.५ %             ३९०० कि.मि.       ३१५० कि.मि.



#लोक सेवा तयारी विशेष