काठमाडौं, ११ कात्तिक(बाँके, सप्तरी र कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दु र्घ टनामा परी ३ जनाको मृ त्यु भएको छ । बाँके, बैजनाथ गाउँपालिका(८ टिटिरिया गाउँस्थित सडकमा भे।१ प ३०३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दु र्घ टना हुँदा गम्भीर घा इते भएकी मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका(१० बस्ने ३६ वर्षीया मिना बस्यालको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृ त्यु भएको छ । दु र्घट नामा घा इते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
स प्तरी, हनुमाननगर ककांलनी नगरपालिका(८ स्थित सडक छेउमा रोकी राखेको स।१ त ४०६८ नम्बरको ट्रयाक्टरमा अन टेष्ट सिटी रि क्शा शनिबार साँझ ठ क्कर खाँदा गम्भीर घा इते भएका सिटी रिक्शामा सवार सोही ठाउँ बस्ने २२ वर्षीय प्रबिन श्रेष्ठको उपचारको लागि नोबेल अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृ त्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार सिटी रिक्शाका चालकको खोजी गरिरहेको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका(१२ स्थित सडकमा अ न टेष्ट लेखिएको अटोको ठ क्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ५६ वर्षीय राम बहादुर लोप्चनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा शनिबार राति मृ त्यु भएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दु र्घ टनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।