मानिसको चलाखी पन ! अष्ट्रेलिया जाने सपना पुरा गर्दा आफ्नै भाईसँग बहिनीको बिहे

  • प्रकाशित मिति: आइतबार, कार्तिक १० २०७६
  • तामाकोशी

काठमाडौँ– नेपालमा हाडनाता सम्बन्धमा विवाह चल्दैन । कानूनअनुसार यदी विवाह भयो भने पनि स्वतः बदर हुन्छ । र अवसर र फाइदाका लागि मानिसहरु कुन हदसम्म गिर्छन् भन्ने हालै सार्वजनि एउटा समाचारले पुष्टि गरेको छ । हालै एक परिवारले छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह गरिदिएका छन् ।
घटना भारतको हो ।

भारतको पन्जाबमा एउटै दिदीभाइले अष्ट्रेलिया जाने लोभमा विवाह गरेका हुन्। भाइ अष्ट्रेलिया कार्यरत भएको र बहिनीलाई अष्ट्रेलिया सिफ्ट हुनुपरेकोले उनले आफ्नै भाइसँग विवाह गरेकी हुन् । विवाह लगत्तै बहिनीले नक्कली पासपोर्ट बनाएर अष्ट्रेलिया गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन । भाइ(बहिनीको विवाह गराउन उनीहरूका आफन्त पनि लागिपरेको जनाइएको छ ।