रामेछाप । कार्तिक ९ गते,
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुममा मोटर साइकल दु*र्घटनामा परी एक जनाएको ज्या*न गएको छ । सदरमुकाम मन्थलीबाट दोरम्बा जादै गरेको प्रदेश नं ३ हाइफोन ०२ हाइफो ००१ प ५१०५ नम्बरको मोटरसाइकल दु*र्घटनामा परी दोरम्बा गाउँपालिका वडा नं. १ डाँडाकटेरीमा संचालित शैलुङ एग्रीकल्चरका संचालक राङदान तामाङको ज्या*न गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी सन्तोष कुमार भट्राइले जानकारी दिए ।
जिल्लाबाट प्रहरी निरिक्षक नेतृत्वको टोली घट*ना स्थल पठाइएकाले दु*र्घटना बारे थप विवरण आउन बाकि रहेको उनको भनाई छ । मोटर साईकल दुर्घ*टनामा ज्या*न गुमाएका तामाङ व्यवासायिक किवि खेती गर्ने कृषी उद्यमीका रुपमा राष्ट्रपतिबाट सम्मान पाउने कृषक समेत हुन् ।
तामाङ किवि,चिया ,जडिबुट्टि लगाएतका मिश्रीत खेती गर्ने देशभरीका उत्कृष्ट पाँच कृषकमा पर्न सफल भै सम्मानीत तथा पुरस्कृत समेत भएका थिए ।