बैतडी, ५ कात्तिक -सडक निर्माणका विषयमा बैतडीमा वि वाद हुँदा सडक खनिरहेको डोजरबाट आ क्र मण हुँदा आठ जना घा इते भएका छन् । घा इतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा वि वाद भएपछि डोजर चालकले डोजरमार्फत आ क्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घा इते भएका हुन् । घाइ तेमध्ये गौरा अचेत छिन् । गौरालाई चालकले डोजरको बकेटले आ क्र मण गरेको भिडियोमा देखिन्छ । गम्भीर घाइ ते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार घटनामा अन्य ८ जना घा इते भएका छन् । स्थानीयवासी सुरेन्द्रप्रसाद जोशी, नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घा इते भएका छन् । सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणका विषयमा दुई पक्षबीच कुराकानी नमिल्दा झडप भएको थियो । सडक लैजान नदिने र सडक लैजानुपर्छ भन्ने पक्षबीच वि वाद हुँदा झ डप भएको प्रहरीले जनाएको छ । आफूहरुले सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण पक्षले ज बर्जस्ती आफूहरुको जमीनमा डोजर चलाएको स्थानीय हंसराज जोशीले जानकारी दिनुभयो । सडक निर्माण हुने ठाउँमा देवताको गुठीको जमीन पर्ने र यो विषयमा सबै गाउँलेसँग सहमति गरेर अघि बढ्ने भने पनि निर्माण पक्षले जब र्जस्ती गरेको उहाँले बताउनुभयो ।
सुण्न्नाखानदेखि पार्ससम्म जोड्ने सडकका विषयमा पहिलादेखि वि वाद रहेको र आज आफूहरुको जमीनमा डोजर चलाउँदा झड पको स्थिति आएको स्थानीय दुर्गादत्त जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आफूहरुको जमीनमा जबर्जस्ती डोजर चलाएर लैजान खोजेको र स्थानीय गौरा जोशीलाई डोजरले फालेपछि झ डपको स्थिति आएको हो ।” तर सडक निर्माण गरिरहेको पक्षले भने सडक खन्दा एक्कासि आएर डोजरमा ढु ङ्गामुढा गरेपछि झ डपको स्थिति आएको बताएको छ । आफूहरुले सडक निर्माण गरिरहेको र एक्कासि डोजरमा ढु ङ्गामुढा गर्दा झ डप भएको सडक निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले जानकारी दिनुभयो ।
पार्ससम्म जोड्ने अर्को सडक पनि का ट्ने काम भइरहेकाले गाउँलेहरु दुवै समूहमा विभाजन हुँदा झ डप भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको ढु ङ्गामुढाले डो जरको सीसा फु टेको प्रहरीले जनाएको छ । ग्वाल्लेकमा निर्माण भइरहेको सडकका विषयमा दुवै पक्षबीच पहिलादेखि वि वाद रहेको र आफूहरुले मिलेर जान आग्रह गरिरहेको भए पनि एक्कासि झ डप भएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो । सडक निर्माणका विषयमा भएको वि वादका बारेमा दुवै पक्षसँग छलफल गरेर टुङ्गोमा पुग्ने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।
डोजर चाल कसहित चार प क्राउ
सडक निर्माणका विषयमा गाउँलेबीच वि वाद हुँदा डोजरले एक स्थानीय महिलालाई हुत्या उने डोजर चालक प क्राउ परेका छन् । डोजर चालकले महिलालाई डोजरले हुत्या एको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बो हरालाई नियन्त्रणामा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । बोहरामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसका साथै अन्य तीन जनालाई पनि प क्राउ गरी अनुसन्धान थालिएको छ । झ डप गर्ने दुवै पक्षका गरी अन्य तीन जना पनि प क्राउ गरिएको भए पनि नाम भने खुलाइएको छैन ।(रासस)