यस वर्षको भाइटीकाको शुभ साइत सार्बजनिक, त्यहि दिन नयाँ वर्ष पनि

  • प्रकाशित मिति: सोमबार, कार्तिक ४ २०७६
  • तामाकोशी

काठमाडौं । यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए । यस वर्ष यमपञ्चक कात्तिक ८ गते शुक्रबारदेखि शुरु हुन्छ । । कात्तिक ९ गते शनिबार काग तिहार परेको छ ।

यो पनि – नेवाःखलः कास्कीले भन्यो – १२ हैन १३ कार्तिकमा भाइटीका कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल सम्वत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले सुनाए ।



यसै दिनदेखि नेपाल संवत् ११४० शुरु हुन्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ । कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्र सम्मत हुने समितिको ठहर छ ।