तिहार लगत्तै धेरै संख्यामा शाखा अधिकृतको विज्ञापन हुँदै

  • प्रकाशित मिति: सोमबार, कार्तिक ४ २०७६
  • तामाकोशी

काठमाडौँ । लोक सेवा आयोगको नियमित कार्य तालिका अनुसार नै शाखा अधिकृत (राजपत्राङ्कित तृतीय श्रेणी) पदहरूमा विज्ञापन हुने भएको छ ।



दुई वर्षदेखि अवरुद्ध हुँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई खुलाउँदै आयोगले असोज २९(अन्तिम बुधबार) विज्ञापन आयोगको पदपूर्ति सम्बन्धी वार्षिक कार्य तालिका अनुसार सहसचिव र उपसचिवको विज्ञापन भएसँगै कार्तिक र मङ्सिर अन्तिम बुधवार शाखा अधिकृतको विज्ञापन प्रकाशन हुने भएको हो । कार्यतालिकाअनुशार प्राविधिक शाखा अधिकृत, स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूको कार्तिक अन्तिम बुधवार र अप्राविधिक पदहरूका लागि मङ्सिर अन्तिम बुधवार विज्ञापन/सूचना प्रकाशित हुने छ ।

तिहार लगत्तै मन्त्रालयहरूसँग रिक्त रहेका दरबन्दी माग तथा छलफललाई तीव्रता दिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता भूपाल बरालले बताएका छन् । स्रोतका अनुसार विभिन्न श्रेणी तथा तहका गरी पाँच सयदेखि आठ सयको सङ्ख्यामा शाखा अधिकृतको विज्ञापन हुँदैछ ।