खोटाङमा खोला तर्ने क्रममा एक किशोरीको ज्यान गयो

  • प्रकाशित मिति: सोमबार, असोज २७ २०७६
  • तामाकोशी

खोटाङ । असोज २७ गते,
खोटाङमा खोला तर्नको लागि हालिएको बाँसको फड्केबाट खस्दा एक किशोरीको ज्यान गएको छ । बाँसको फड्केबाट खस्दा केपिलासगढी गाउँपालिका १ फेदीकी १३ वर्षीया आयुष्मा राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) बामदेव गौतमले बताउनुभयो । खोला तर्नका लागि हालिएको फड्केबाट आइतबार दिउँसो खसेकी बालिकाको शव झण्डै एक सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको छ ।