हेटौँडा – दुई फरक द्व’न्द्वमा आफ्ना चार छोरा गु’माएर पनि बेवास्तामा परेकी र सु’कुम्बासी बस्तीमा बस्न बाध्य बेपत्ताकी आमा भनेर चिनिने हेटौँडाकी शुभद्रा माया दर्नाललाई दशैँका अवसरमा हेटौँडा उप महानगर पालिकाले खाद्य सामग्री, लताकपडा तथा आर्थिक सहयोग प्रदान गरेको छ । हेटौँडा–९ की सुभद्राको घरमा छोरा गुमाउँदाको पी’डा त छँदैछ, खान लगाउन धौधौले पनि कहिलै छोडेन ।
सुभद्राका धेरै चाड पर्व समस्यामै बिते । घरमा बिहान बेलुकाको छाक टार्न धौधौ। त्यसमा पनि थुप्रै रोगले थलिएको वृ’द्ध’ शरीर। आज एक्कासि उपमहानगर पालिका प्रमुख हरिबहादुर महत दशैँका लागि सामान बोकेर घरमा पुग्दा उनका आँखा र’साए । झु’प्रो घरमा बस्दै आउनु भएकी सुभद्रालाई उपमहानगर प्रमुख महतले खाद्यान्नका सामान, दुई बोरा चामल, दाल, तरकारी, आलु, प्याज, तेल, चिनी, नून, मसला लगायतका सामान हस्तान्तरण गरे ।
दशैँमा लगाउनका लागि सुभद्रा र उहाँका नातिनीलाई कपडा र दशैँ तथा तिहार मान्नका लागि नगद रकम समेत प्रमुख महतले हस्तान्तरण गरे । छोरा गु’माए पनि वर्षौं देखि उहाँलाई धेरै खालका अभाव नै अभाव थियो तर आज स्थानीय सरकारको रूपमा रहेको उपमहानगरले आफ्नै घरमा आएर सहयोग गरेकामा उहाँले खुशी व्यक्त गरे ।
अ’लपत्र परेका तथा विभिन्न कारणले समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएको उप महानगर पालिकाले मा’ओवादी जनयु’द्ध र २०४६ सालको ज’नआ’न्दोलन गरी नेपालका दुई ठूला आ’न्दोल नका क्रममा आफ्ना चार छोरा गु’माउन पुगेकी ७० वर्षीया सुभद्रालाई सहयोग गरेको हो । आफ्नी १८ वर्षीया नातिनी अस्मिसा दर्नालको साथमा सु’कुम्बासी बस्तीमा बस्दै आउनु भएकी सुभद्रालाई महतले उपमहानगर पालिकाको बैठकबाट निर्णय गरी बस्ने घरको व्यवस्था मिलाइने प्रतिबद्धता समेत जनाए ।
यिनै आमाजस्ता छोराहरुकै ब’लिदा’नीमा आफू स्थानीय सरकारको प्रमुख भएका कारण श’हीद परिवारका ब’लिदा’नीको आफूहरुले उपेक्षा गर्न नसक्ने उन ले बताए । उनले आमा सुभद्राको बस्ने, खाने सहित औषधि उपचारको समेत व्यवस्था आफूले गरिदिने र नातिनीका लागि जीविको पार्जनका लागि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । आफ्नो घरमा आजसम्म कोही नेता नआएको र उपमहानगर प्रमुख आएर आफ्नो पी’डा सुनिदिएको भन्दै सुभद्राले खुशी व्यक्त गरे ।
उनको पति नेत्रबहादुर दर्नालको पनि करीब एक दशक अगाडि ८० वर्षको उमेरमा मृ*त्यु भइसकेको छ। उनका पाँच छोरामध्ये साहिँला छोरा एउटाको मात्र कालगतिले मृ*त्यु भएको थियो। जेठो काजीबहादुर र माइलो झक्तबहादुरलाई ४६ सालको जनआ’न्दोल’न मा लागेका कारण बे’पत्ता पारिएको र माओवादी ज’नयु’द्धमा लागेका कारण काइँलो अमृत र कान्छो उद्धवलाई बे’पत्ता पारिएको वृद्धा दर्नालले जानकारी दिए । रासस