सभामुख महराको आयो घुमाउरो राजिनामा

  • प्रकाशित मिति: मंगलबार, असोज १४ २०७६
  • तामाकोशी

काठमाडौं । असोज १४ गते ।
प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले घमाउरो तरिकाले पदबाट राजीनामा दिएका छन्। महराले छानविन प्रक्रिया नसकिएकासम्मका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष पदबाट राजीनामा दिएका हुन् ।



प्रतिनिधि सभाका सभामुख र प्रतिनिधी सभाको सदस्य दुवैबाट राजिनामा हुनु पर्ने नेकपाको शिर्ष नेताहरुको अडान विपरित छानविन प्रक्रिया नसकिदासम्मको लागि भन्दै पदबाट राजिनामा दिएका हुन् ।

महराको राजिनामा पत्रको व्यहोरा अस्पष्ट भएको प्रति विभिन्न टिकाटिपनी उठ्न थालेका छन् ।