सिन्धुली प्रहरीद्धारा दशैका अवसरमा सवारी चालकहरुसंग सुरक्षित यात्राको शुभकामना आदान प्रदान

  • प्रकाशित मिति: सोमबार, असोज १३ २०७६
  • तामाकोशी

सिन्धुली । असोज १३ गते,
सिन्धुली समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सिन्धुली प्रहरीले सवारी चालकहरुसँग दशैँ पर्वको शुभकामना आदान प्रदान गरेको छ । प्रहरीले “सडक सुरक्षा हाम्रो चाहान,सुरक्षित यात्राको सबैमा शुभकामना”भन्ने मुख्य नाराका साथ सवारी चालकहरुसंग शुभकामना आदान प्रदान गरेको हो । जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय सिन्धुलीको संयुक्त आयोजनामा भएको शुभकामना आदान प्रदान कार्याक्रममा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम,प्रहरी प्रमुख उपरिक्षक चक्र बहादुर सिंह र ट्राफिक प्रहरी प्रमुख विष्णु बहादुर बस्नेतले सवारी चालकहरुलाई सयपत्री फुलको माला र टीका लगाई सुरक्षित यात्राको शुभकामना व्यक्त गरेका थिए ।
सवारी चालकहरुलाई शुभकामना दिदै प्रमुख जिल्ला अधिकारी गौतमले चाडपर्वमा यात्रुहरुको भिड बढ्ने हुँदा सबै चालकलाई संयमित भई सवारी साधन चलाउन आग्रह गरेका थिए । उनले यात्रुहरुलाई गन्तव्य सम्म पु¥याउने जिम्मेवारी चालकको रहेको हुँदा सवारी साधन चलाउदा पुर्ण रुपमा ट्राफिक नियमको पालना गर्न समेत अनुरोध गरे । यसै विच प्रहरी प्रमुख उपरिक्षक सिंह,ट्राफिक प्रहरी प्रमुख बस्नेत लगाएत प्रहरीको समुहले सवारी चालक र यात्रुहरुलाई यात्राका क्रममा ध्यान दिनुपर्ने कुराहरुका बारेमा पम्पिलेट वितरण लगाएका सचेतनामुलक कार्यक्रम मार्फत जानकारी गराएका छन् । प्रहरी प्रमुख उपरिक्षक सिंहले सवारी साधनमा यात्रुहरुले यात्रा गर्दा आफ्नो सर–सामानहरुको बारेमा चालक तथा सहचालकलाई जानकारी गराउन,जेष्ठ नागरिक,महिला र बालबालीकालाई सम्मान गर्न,मादक पदार्थ सेवन गरेर सवारीमा यात्रा नगर्न,अनावश्यक हर्कत,हल्ला जस्ता क्रियाकलाप नगर्न,चालक,सह–चालकले मादक पदार्थ सेवन गरेको देखेमा तुरुन्त प्रहरीलाई जानकारी गराउन,सवारी त्रिव गतिमा नचलाउन अनुरोध गर्न, चालक तथा सह–चालकसँग शिष्ट व्यवहार गर्न,चालकले गति सिमित नगरे,दुव्र्यवहार गरे,चालकको अस्वभाविक हर्कत तथा क्रियाकलाप देखेमा तत्काल १०० मा फोन गरि प्रहरीलाई जानकारी दिन आग्रह गरेका थिए ।