दशैको मुखमा कमल थापाको घरमा रु*वाबासी ! कमल थापाको दुर्घ*टनामा परि निधन

  • प्रकाशित मिति: सोमबार, असोज १३ २०७६
  • तामाकोशी

१३ असोज – बाँकेको खजुरा गाउँपालिका–३ मा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृ*त्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी खजुरा गाउँपालिका–४ निवासी २४ वर्षीय कमल थापाको मृ*त्युु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश–३–२–००–११८५ नं को मोटरसाइकल सडकको छेउमा रहेको विद्युत्को पोलमा ठोक्किँएर दुर्घ*टना भएको थियो । थापा उक्त मोटरसाइकलमा सवार रहेका थिए । घाइते मोटरसाइकल चालक खजुरा गाउँपालिका–४का २३ वर्षीय आशिष थापाको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।रासस