झन्डै गयो ज्ञानेन्द्र शाहीको ज्या*न ! ज्ञानेन्द्र शाहीमाथि कुट*पिट,पुर्या*ईयो काठमाडौँ ,यस्तो छ अबस्था(भिडियो)

  • प्रकाशित मिति: शनिबार, असोज ११ २०७६
  • तामाकोशी

नेपालका लागि नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको छ । चितवनको होटेल ग्लोबलमा बसिरहेको अवस्थामा ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको हो कुटपिट कसले गर्यो भन्ने खुलेको छैन। शाहीलाई उपचारको लागी काठमाडौं लेराइएको छ । प्रहरीले कुटपिट गर्ने १ जनालाई समातेको छ । चितवनमा गर्ने भनिएको कार्यक्रम प्रहरीले सुरक्षाको कारण देखाउदै हस्तक्षेप गरेर कार्यक्रम रोकीदिएपछि होटेलमा आराम गर्न गएका थिए । भरतपुर महानगरपालिकामा भएको भ्रष्टाचारको प्रदाफास गर्ने कार्यक्रम नेपाल प्रहरीले ह८स्तक्षेप गरेपछि बिथोलिएको थियो ।

चितवन चौबिसकोटी चोकमा कार्यक्रम सुरु हुनै लाग्दा प्रहरीले सुरक्षाको कारण देखाउदै कार्यक्रम गर्न दिएको थिएन । ज्ञानेन्द्र शाहीको समूहले कार्यक्रम सुरु गर्नै लाग्दा अन्य समुहले ज्ञानेन्द्र शाही विरुद्ध कार्यक्रम स्थलमै नाराबाजी गर्न थालेपछि प्रहरीले कार्यक्रम रोकिएको थियो । झडपको स्थिती बनेपछि कार्यक्रम गर्न नमिल्ने भन्दै सहभागीको माईक सहित बोकेको झन्डा खोसेको थियो ।चौबीसकोठी वरिपरि कसैलाई बस्न दिएको छैन सुरक्षा ब्यवस्था कडा पारिएको थियो। भिडियो हेर्नुहोस
https://youtu.be/hzPlpu4ajZA