दशैको मुखैमा रुवा*बासी ! गयो १२ जनाको ज्या*न

  • प्रकाशित मिति: बिहिबार, असोज ९ २०७६
  • तामाकोशी

असोज ९- भारतको पुनेमा बाढीका कारण १२ जनाको मृत्यु भएको छ। बुधबार रातिदेखिको अविरल वर्षाका कारण बाढी आउँदा १२ जनाको ज्यान गएको हो । ५०० जना भन्दा बढीलाई त्यस क्षेत्रबाट सुरक्षित स्थानमा लगिसकेको भारतिय सञ्चार माध्यम द हिन्दुस्तान टाईमसले जनाएको छ। पुनेका सहकर्नगर, पार्वति, सिंहगढ रोड, डाडेंकर ब्रिज, र पद्मावतिमा बाढी आएको थियो।

केही दिन सम्म पानी निरन्तर पर्ने बताउँदै भारतीय प्रकोप राहत बलले सुरक्षा टोली खटाइएको र विद्यालयहरु पनि बन्द गरिएको छ। पुनेका मुख्यमन्त्री देवेन्द्र फड्नभिसले मृतक परिवारलाई श्रदाञ्जली दिई सुरक्षाका लागि काम भइरहेको बताएका छन्।