ट्राफिक प्रहरीको दादागिरी कान फुट्ने गरि पिटे रिक्सा चालकलाई

  • प्रकाशित मिति: शनिबार, भाद्र २८ २०७६
  • तामाकोशी

काठमाडौ – रिक्सा रोकेर यात्रु चढाएको भन्दै ट्राफिक प्रहरीले कुटपिट गर्दा वीरगन्जमा ई रिक्साका एक चालक गम्भीर घाइते भएका छन् । ट्राफिक प्रहरी नायव निरीक्षक सुरेश यादवको कुटपिटबाट ना १ ह ६६७१ नम्बरको ई रिक्साका चालक सन्तेष पटेल घाइते भएका हुन्। दाहिने कानमा घाउ लागेका चालक पटेलको वीरगन्जको गण्डक चोकमा रहेको नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ।

वीरगन्जको घण्टाघर चोकस्थित सडक छेउमा बुधबार बेलुकी पटेलले ई रिक्सा रोकेर यात्रु चढाउँदै थिए। उनलाई ट्राफिक प्रहरी नायव निरीक्षक यादवले कुटपिट गरेका थिए। यादवले आफूसँग रहेको वायरलेस वाकिटकी सेटले पटेलको कन्चटमा हिर्काउने क्रममा सेटको एन्टिनाको चुच्चो पटेलको कानभित्रै छिरेको थियो। कानभित्रबाट रगत बग्न थालेपछि तत्कालै पटेललाई नारायणी अस्पतालमा लगिएको थियो।



त्यहाँ चिकित्सकले उपचार सम्भव नभएको बताएपछि पटेललाई नारायणी बयोधा अस्पतालमा लगेर भर्ना गरिएको पटेलका भाइ विकेशले बताए। ‘वाकीटकी सेटको एन्टिना कानभित्रै छिरेकाले रगत बगिरहेको छ’, बिहिबार अस्पतालमा भेटिएका पटेलका भाइ विकेश पटेलले भने,‘डाक्टरले अझ केहि दिन अस्पतालमै राख्न्नु पर्छ भनेका छन्।’

पटेलले घण्टाघर चोक छेउको सडकमा ई रिक्सा रोकेर यात्रु चढाउने सुरमा रहेका बेला अचानक ट्राफिक प्रहरी नायव निरीक्षक यादवले वाकीटकी सेटले कन्चटमा हिर्काएको बताए।

उनले भने ,‘म आफ्नो सुरमा थिए, अचानक कसैले कन्चटमा हिर्काए, फर्किएर हेर्दा ट्राफकिका सइ रहेछन्। कान दुख्न थालेपछि हातले छाम्दा कानबाट रगत बगेको थाहा पाएँ।