सिन्धुली । भदौ २५ गते ,बलवीर भुजेल,
नेपाल आदिबासी जनजाती महासंघ ३ नं. प्रदेश तदर्थ परिषदको प्रथम अबिधेशन असोज ४ र ५ गते सिन्धुलीमाढीमा हुने भएको छ । बुधबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै प्रथम प्रदेश अबिधेसन सिन्धुलीमाढीमा गर्ने जानकारी गराएको हो । “सामाजिक मुद्धा सहितको राजनीतिक जागरण, पहिचान सहित समृद्धिका लागि प्रदेश नं. ३ लाई नेवाःताम्सालिङ नामाकरण” भन्ने मुल नाराका साथ अधिबेशन हुने आदिवासी जनजाति महासंघ ३ न. प्रदेश तदर्थ परिषदका अध्यक्ष काजिमान थिङले जानकारी दिए ।
अधिबेशनलाई मध्यनजर गर्दै सिन्धुलीका ९ वटै स्थानीय तहमा नेपाल आदिबासी जनजाती महासंघ नगर तथा गाउँ पालिका समन्वय अधिबेसन समेत सकिएको उनको भनाई छ । अधिवेशनमा ३ नम्बर प्रदेशका सम्पूर्ण प्रदेश तथा प्रतिनिधिसभाका सांसदहरुको समेत उपस्तिथि रहने पत्रकार सम्मेलनमा जनाएको छ । सिन्धुलीमाढीमा हुने पहिलो प्रथम अधिबेसनले नयाँ नेतृत्व चयन गर्नुका साथै नीति तथा कार्यक्रमहरु पारित गर्ने बताईएको छ ।
आदिबासी जनजाति महासंघ प्रदेश ३ को अबिधेशन सिन्धुलीमा हुने
- प्रकाशित मिति: बुधबार, भाद्र २५ २०७६
- तामाकोशी