सबै बाटा खुल्ला राख्नुपर्छ – नेकपा नेता भिम रावल

  • प्रकाशित मिति: मंगलबार, भाद्र २४ २०७६
  • तामाकोशी

नरेन्द्र रावल
२०७६ भदौ २४, अछाम ।
नेकपा का स्थाई कमिटी सदस्य एवं पुर्व उपप्रधान मंन्त्रि भिम रावलले संयुक्त राष्ट्रको बडापत्र, स्वतन्त्र परराष्ट्र नितिको मान्यता अनुरुप सार्बभौम राष्ट्रका नागरीकले सबै बाटा खुल्ला राख्नु पर्ने बताउनु भएको छ । पे्रस संगठन नेपाल जिल्ला समिति अछामले मंगलसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले चिन संग राष्ट्रका हितमा अघाडी सारेका बिषय प्रर्भावकारी रुपमा अघाडी बढाउनु पर्ने बताउनु भएको हो ।

सथै उहाँले राष्ट्रको स्वाभिमानको पक्क्षेमा अडिग रहेको बताउदै आफुले सरकारमा हुदा र बाहिर हुदा खेल्ने भुमिका एउटै भयको बताउनु भयो ।
उहाँले मुलुकलाई समृद्धिमा लैजान बिकास निर्माणलाई तिब्रता दिन सबै एक मत हुनुपर्ने बताउदै सरकार जनताको आवस्क्ता अनुरुप चल्नु पर्ने र स्थानिय तह, पैर्देश र सरकार चलाउने हरुले भ्रष्टाचारमा संलग्न रहेर जन्ता माथि अन्याय गर्न नमिल्ने बताउनु भयो ।



उहाँले माथिल्लो कर्णाली परियोजनाको म्याद जिएमआर कम्पनिलाई नथपेर उक्त परियोजना नेपाल सरकार आफैले निर्माण गर्नुपर्ने बताउनु भयो सथै बदेशी नागरीकलाई नागरीकतामा कडाई गनु पर्ने समेत बताउनु भयो ।
नेता रावलले छीटो पार्टिका स्थानिय कमिटी निर्माण गरी पार्टिलाई गतिशिल बनाउन नेकपाको जरा बलियो बनाउन आवस्क भएको हुदा सुदुरपश्चिममा सोहि अनुरुप अघडी बढीरहेको बताउनु भएको छ ।