नेपालथोकका ट्राफिक असई घुससहित पक्राउ

  • प्रकाशित मिति: आइतबार, भाद्र २२ २०७६
  • तामाकोशी

काठमाडौँ । सिन्धुलीको नेपालथोक ट्राफिक प्रहरी चौकीका असई श्याम माझी पक्राउ परेका छन् ।

ट्राफिक जाँचका क्रममा सवारी साधनबाट १० हजार घुस लिँदै गर्दा असई माझीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।



उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको आयोगका प्रवक्त्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।