दुई दिन अघि हराएकी बालिका मृत अवस्थामा फेला

  • प्रकाशित मिति: शनिबार, भाद्र २१ २०७६
  • तामाकोशी

२१ भदौ, चितवन । भरतपुर महानगरपालिका वडा नः ५ कैलाशनगरबाट दुई दिन अघि हराएकी बालिका मृत अवस्थामा फेला परेकी छिन् । घर नजिकै रहेको नहरमा शनिबार विहान ६ बषर्ीया बालिका स्मृति कार्की मृत अवस्थामा भेटिएको चितवन प्रहरीले जानकारी दिएको छ । दुई दिन नहर बन्द गरेर बालिकाको खोजी गरिएको थियो । बालिकालाई नहरमा भेटिएलगत्तै भरतपुर अस्पताल लगिएको थियो । तर चिकित्सकले मृत घोषणा गरेका छन् ।

घरको आंगनमा रहेको बेन्चमा सुतिरहेकी स्मृति बिहीवार राति करिब ९ः३० बजेबाट हराएकी थिइन् । परिवारले बालिकाको हत्या भएको आंशका गर्दै प्रहरीमा जाहेरी दर्ता गराएको छ । मृतक बालिकाका काकाले घटना भएको दिन अपरिचित एक व्यक्ति आएर सोधीखोजी गरेको बताए । नवलपरासीको डण्डा बताउने उनको तस्वीर परिवारका सदस्यले उनको तस्वीर खिचेका थिए ।



ऊ तस्वीर प्रहरीलाई दिइएको बालिका काकाले बताए । मृतक बालिकाका वुवा बैदेशिक रोजगारीका लागि विदेशमा छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।