रामेछाप । भदौ २० गते,
मालपोत कार्यालय रामेछापले शुक्रवारदेखि अनलाईन सेवा सुरु गरेको छ । मलपोत कार्यालयले सुरु गरेको अनलाइन सेवाको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले व्यानर अनावरण गरेर औपचारिक रुपमा सेवा सुरु गरेका हुन् । बदलिदो समय संगै नागरिकहरुलाई सेवा प्रवाहको क्रममा झन्झटिलो प्रकृयाबाट मुक्ति दिलाउन र कार्यालका कामहरुलाई ब्यवस्थित वनाउनका लागि भूमिसुधार मन्त्रालयले मन्थलीमा पनि सेवा आरम्भ गरेको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले मालपोत कार्यालयले अनलाइन मार्फत सेवा सञ्चालन गर्दा लेखापढि ब्यवसायिहरुले परम्परागत तरिकाले काम गर्न नसक्ने भएपनि कम्प्युटर वा ल्यापटप मार्फत सेवाग्राहिहरुलाई सहयोग गर्न सक्ने बताए । 
प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले अनलाइन सेवालाई प्रभावकारी बनाउँनका लागि कर्मचारीहरुको क्षमता अभिबृद्धि गरिनु पर्ने बताइन् । कार्यक्रमका अबसरमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेलले अनलाइन सेवालाई ब्यवस्थित गरी छिटो छरितो ढंगबाट सेवा दिनेगरी काम गर्नु पर्ने बताए । मुलुकभरका १ सय ३० वटा मालपोत कार्यालयमध्य रामेछाप मालपोत अनलाईन बाट सेवा सुरु गर्ने ८८ औं कार्यालय भएको मालपोत कार्यालय रामेछापका प्रमुख रघुनाथ फुयालले बताए । कार्यक्रममा भू सूचना प्रणली मार्फत सुरु भएको अनलाइन सेवाको सबै बिबरण बिभाग र मन्त्रालयमा हुने भएकोले यसमा ह्याक हुने गोपनियता नष्ट हुने जस्ता कृयाकलापहरु हुनै नसक्ने केन्द्रिय कम्प्युटर अधिकृत हिरा गोपाल महर्जनले बताए ।
मालपोतमा कार्यालय रामेछाबाट अनलाइन सेवा सुरु
- प्रकाशित मिति: शुक्रबार, भाद्र २० २०७६
- तामाकोशी