काठमाडौ । एक चर्चित सांसद नै पक्राउ परेका छन् । तत्कालीन एमालेका सांसद डोलबहादुर ९डीबी० कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान व्यूरो ९सीआइबी० ले हिजो बिहान कलंकीबाट कार्कीलाई पक्राउ गरेको हो । इन्स्पेक्टर बनाउँछु भन्दै घुस लिएको अभियोगमा सर्वोच्च अदालतले उनलाई दोषी ठहर गरेको थियो ।
उनी नौ वर्षपहिले घुससहित पक्राउ परेका थिए । लमजुङबाट तत्कालीन नेकपा एमालेका समानुपातिक सांसद कार्कीलाई सर्वोच्च अदालतले गत असारमा दोषी ठहर गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलाशले असार १७ गते मंगलबार विशेष अदालतको फैसलालाई सदर गर्नुभएको थियो । पूर्वसांसद कार्की र स्वामी ब्रम्हानन्द उदासीन २०६७ भदौमा चार लाख घुस रकमसहित पक्राउ परेका थिए । दोषी ठहर गरेपछि कार्की फरार हुँदै आएका थिए । यो समाचार जनाबोलिबाट साभार गरिएको हो ,