अमेरिकाको मिसौरी राज्यमा टोयटा दुर्घटना हुँदा एकै परिवारका ३ जना नेपालीको ज्यान गएको छ । उक्त दुर्घटनामा परी अन्य २ जना घाईते भएका छन् ।
स्थानीय जोप्लिन प्रहरीका अनुसार निधनहुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्। उनका बुबा-आमा अमेरिका घुम्न नेपालबाट आएका हुन्। कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन्। प्रभाशको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक छ।
ज्वाइँ र नाति गम्भीर घाइते-अमेरिका पुगेका आमाबुवाकाे सडक दुर्घटनामा छाेरीसहित निधन
- प्रकाशित मिति: बिहिबार, भाद्र १९ २०७६
- तामाकोशी