रामेछाप । भदौ १९ गते,
शुक्रबार मानव बेचबिखन ओसारपसार विरुद्धको तेह्रौ राष्ट्रिय दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले मानव बेचबिखन ओसारपसार विरुद्धको तेह्रौ राष्ट्रिय दिवसका अवसरमा शुक्रबार बिहान ७ बजे र्याली सहितको कोणसभाको आयोजना गर्दैछ । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले एक बहुआयामिक, बहुक्षेत्रगत एवं विश्वव्यापी समस्याका रुपमा लिइने मानव बेचविखन तथा ओसारपसारका विरुद्धमा मन्थली नगरपालिकाले चेतना मूलक र्याली सहति कोणसभा कार्यक्रमको आयोजना गर्ने बताए । ![]()
उनले मन्थली नरपालिकाले दिवसका अवसरमा मात्रै कार्यक्रम नगर्ने भन्दै मानव बेचविखन तथा ओसारपसारका विरुद्धका अभियानकै रुपमा विभिन्न कार्यक्रम संचालन गर्ने बताए । रामेछापकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले पनि जघन्य अपराधको रुपमा लिइने मानव बेचविखन तथा ओसारपसारका विरुद्धमा चेतनामूलक कार्यक्रम गरिने बताइन् । प्रमुख जिल्ला अधिकारी केसीले जिल्लामाानव बेचविखन तथा ओसारपसारका केसहरु आएन भनेर त्यतिकै बस्न नहुने बताइन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डि.एस.पी सन्तोष कुमार भट्राइले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको तेह्रौ राष्ट्रिय दिवसका सन्दर्भमा एक हप्ते विभिन्न कार्यक्रम संचालन गरिने बताए । मानव बेचबिखन तथा ओसारपसारका विरुद्धमा चेतनामूलक सहित विभिन्न कार्यक्रम गाउँगाउँमा संचालन गरिने डि.एस.पी भट्राइको भनाई छ ।
कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरित जवरजस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई मानव बेचविखन भनिन्छ । सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित “महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि, २००२” लाई २०६३ भाद्र २० गतेका दिन तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएपछि सोही दिनको स्मरणमा २०६४ साल देखि प्रत्येक वर्ष भाद्र २० का दिनलाई विभिन्न नाराहरु दिएर मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाउँन थालिएको हो । यो बर्षको मानव बेचबिखन तथा ओसारपसार विरुद्धको तेह्रौ राष्ट्रिय दिवसको राष्ट्रिय नारा सरकारको प्रतिवद्धता ,मानव वेचबिखान तथा ओसार पसार नियन्त्रणमा हामि सवैको ऐक्यवद्धता तय गरिएको छ ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस रामेछापमा पनि मनाइदै
- प्रकाशित मिति: बिहिबार, भाद्र १९ २०७६
- तामाकोशी