काठमाडौं – शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले रवि लामिछानेसहित तीनजनालाई थप ५ दिन थुनामा राख्न अनुमति दिएकोछ। यसअघि चितवन अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले लामिछानेलाई अनुसन्धानका लागि बिहीबारदेखि लागू हुनेगरी ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।
यो पटक पनि रविलाई थप पाँच थुनामै राख्ने आदेश भएको हो । रविको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले तीनैजनालाई थप पाँच दिन थुनामै राख्न अदालतले प्रहरीलाई अनुमति दिएको बताए ।
साउन २० गते चितवनको कंगारु होटलमा झुुन्डिएको अबस्थामा मृत फेला पत्रकार पुडासैनी प्रकरणमा गत बिहीबार काठमाडौंबाट पक्राउ गरेर लामिछानेसहित तीनैलाई चितवन लगेको थियो । अहिले चितवनमा रविका पक्षधरले प्रदर्शन गरिरहेका छन् ।