युवतीलाई जबरजस्ती विष खुवाएकाे आराेपमा प्राविधिक सहायक पक्राउ

  • प्रकाशित मिति: मंगलबार, साउन २८ २०७६
  • तामाकोशी

रुकुम पश्चिम । एक युवतीलाई जबरजस्ती विष खुवाएको आरोपमा प्रहरीले आठबीसकोट नगरपालिकाका नायब पशु सेवा प्राविधिक सहायक विष्णु खड्कालाई नियन्त्रणमा लिएको छ ।



आठबीसकोट–४ कि २४ वर्षीया युवतीलाई खड्काले जबरजस्ती विष खुवाएको प्रहरीले जनाएको छ । मौखिक उजुरीका आधारमा खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । खड्कालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय आठबीसकोटका इन्चार्ज प्रहरी निरीक्षक अच्युतराज आचार्यले बताउनुभयो ।

आइतबार विष खुवाइएपछि सिकिस्त भएकी युवतीलाई आठबीसकोट नगर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि चौरजहारी अस्पताल पुर्‍याइएको थियो ।

युवतीको होस खुलेपछि आफूलाई खड्काले जबरजस्ती विष खुवाएको आरोप लगाएकी छन् । त्यही आधारमा खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पीडित आएपछि घटनाको विषयमा थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६